साबिक सानिमा लाइफको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त

३० श्रावण २०८१, बुधबार ०६:१२

काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ साउन २९ गतेबाट समाप्त भएको छ ।

कम्पनीको संस्थापक समूहतर्फको १ करोड ४० लाख र कर्मचारीतर्फको ३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त भएको हो । ‘लक इन’ समाप्त भएसँगै संस्थापक र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुन्छ ।

सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कूल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर रहेको छ ।

साबिक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड आपसमा मर्ज भई २०७९ चैत्र ९ गतेदेखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ नामबाट एकीकृत कारोबार शुरू भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*