नाडेप लघुवित्तको नाफा १३ करोड धनात्मक, ईपीएस २९ रुपैयाँले वृद्धि
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा १३ करोड ९ लाख ६७ हजार रुपैयाँ धनात्मक भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा १ करोड १० लाख ५४ हजार रुपैयाँ ऋणात्मक थियो ।
गत वर्ष खुद ब्याज आम्दानी १३.७० प्रतिशतले बढेर ३८ करोड ९ लाख ५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ३३ करोड ५० लाख १ हजार रुपैयाँ थियो । कम्पनीको खुद फी र कमिशन आम्दानी पनि ७४.८९ प्रतिशतले वृद्धि भएर ५ करोड ९३ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
गत बर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज साढे ६ करोड रुपैयाँबाट घटेर ९ करोड ८८ लाख रुपैयाँ ऋणात्मक भएको छ । यसँगै कम्पनीको सञ्चालन नाफामा भारी वृद्धि भएर १९ करोड ८१ लाख ३७ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो वर्ष ८२ लाख रुपैयाँ मात्रै थियो ।
कम्पनीको कुल सञ्चालन आम्दानी १९.३३ प्रतिशतले बढेर ४४ करोड ३ लाख ३७ हजार रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ७७.३४ प्रतिशतले बढेर ५३ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वितरयोग्य नाफा १३ करोड ७० लाख ५२ हजार रुपैयाँ छ ।
गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २.२८ रुपैयाँ ऋणात्मकबाट २९.०७ रुपैयाँले बढेर २६.७९ रुपैयाँ धनात्मक भएको छ । प्रतिशेयर नेटवर्थ १८७.९४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.४७ गुणा र तरलता अनुपात ८.२६ प्रतिशत छ । खराब कर्जा १७.४८ प्रतिशतबाट घटेर ८.२८ प्रतिशतमा झरेको छ ।
४८ करोड ५७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा २० करोड २२ लाख ९६ हजार रुपैयाँ छ भने रिजर्भमा २२ करोड ४८ लाख ६८ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा १८.५० प्रतिशतले बढेर ५ अर्ब ९२ करोड ६९ लाख ५३ हजार रुपैयाँ र निक्षेप संकलन ०.३० प्रतिशतले घटेर २ अर्ब ९ करोड १० लाख २३ हजार रुपैयाँ कायम भएको छ ।