अरुण भ्याली हाइड्रोपावरको खुद नाफा ५८ लाख, विद्युत बिक्री आम्दानी घटेसँगै इपीएसमा पनि गिरावट

२९ श्रावण २०८१, मंगलवार ०७:५३

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा लगायतका प्रमुख वित्तीय सूचांकहरुमा गिराव आएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८८.४३ प्रतिशत घटेर ५८ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीका बिद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै खुद नाफा प्रभावित बनेको छ ।

यस अवधिमा कम्पनीको बिद्य्त बिक्रीबाट हुने आम्दानी ५७.२७ प्रतिशतले घटेर ११ लाख २२ हजार रुपैयाँमा सीमित रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २६ करोड २७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको कुल नाफा पनि ६५.१३ प्रतिशत घटेको छ भने अन्य आम्दानी ६४.८९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ३।७२ प्रतिशत घटेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा रहेको छ। ३ अर्ब ७३ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा १४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*