नेपाल लाइफको नाफा ३०% वृद्धि, जीवन बीमा कोष झण्डै दुई खर्ब

२९ श्रावण २०८१, मंगलवार ०७:१७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा ३०.८१ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ५१ करोड ३९ लाख ८२ हजार रुपैइाँ नाफा गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २१.३९ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ३३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोष १ खर्ब ६३ अर्ब ३९ करोड १२ लाख ८७ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन ९.९२ प्रतिशतले बढेर ४० अर्ब ८४ करोड ९४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ३७ अर्ब १६ करोड २८ लाख रुपैयाँ थियो । गत वर्ष कम्पनीको कुल दाबी भुक्तानी ४.४३ प्रतिशतले घटेर १४ अर्ब ९९ करोड ५६ लाख २९ हजार रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीले आफ्ना बीमितहरूलाई ३३ खर्ब ९१ करोड ६४ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ९ प्रतिशतले बढी हो । कम्पनीको लगानी पनि १८.३१ प्रतिशतले वृद्धि भएर १ खर्ब ६४ अर्ब १५ करोड ७७ लाख रुपैयाँ नाघेको छ । गत वर्ष कम्पनीको कुल खर्च ११.५८ प्रतिशतले बढेर ५५ अर्ब ३५ करोड २४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो खर्च ४९ अर्ब ६० करोड ९७ लाख २२ हजार रुपैयाँ थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १.४६ रुपैयाँले बढेर ६.२६ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १२९.११ रुपैयाँ, पिई अुनपात ९९.८८ र औसत प्रतिफल दर १०.०१ प्रतिशत छ भने सोल्भेन्सी रेसियो ३.२२ प्रतिशत छ । ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भ फण्डमा २ अर्ब ३८ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ ।

One thought on “नेपाल लाइफको नाफा ३०% वृद्धि, जीवन बीमा कोष झण्डै दुई खर्ब

  1. तेजमणि प्रसाई says:

    कम्पनीले धेरै राम्रो प्रगति गरेको छ।निरन्तरता रहोस।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*