स्वास्थ्य बीमाको समस्या समयमा उजागर नगरे व्यवस्थित गर्न सकिँदैनः स्वास्थ्य मन्त्री

२८ श्रावण २०८१, सोमबार १७:२७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको उनले बताएका हुन् ।

‘प्रिमियम जम्मा भएन । सरकारले अन्य स्रोतहरु सुनिश्चित गर्न सकेन । अस्पतालहरुमा अर्बौं तिर्न बाँकी छ,’ पौडेलले भने, ‘९ अर्ब सरकारले तिर्न बाँकी छ। यही ढंगले चलेर स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन।’

स्वास्थ्य बीमालाई व्यवस्थित गर्न र स्रोत सुनिश्चित गर्नका लागि विकल्पहरु पौडेलले बैठकमा पेश गरेका थिए । स्रोत सुनिश्चित गराउनका लागि पार्टीको पनि सहयोग पौडेलले अपेक्षा गरे । नीतिगत रुपमा गर्नुपर्ने कार्यका लागि आवश्यक पहल गरिदिन पार्टीमा उनले अनुरोध गरे ।

केन्द्रीय सदस्य पौडेलले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका एजेण्डा अनुसार सय दिने सांगठिन अभियानको प्रशंसा गरे ।

‘अन्तरविरोधलाई हटाउन पार्टीले सय दिने अभियान चलाउने प्रस्ताव महामन्त्रीबाट आएको छ । यो प्रशंसनीय छ । व्यवस्थित गरेर अभियान चलाऔं,’ पौडेलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*