एनसेलमा गम्भिर प्राविधिक समस्या, सेवाहरु अवरुद्ध हुँदा लाखौं ग्राहक मर्कामा

२८ श्रावण २०८१, सोमबार १७:०४

काठमाडौँ । एनसेलमा गम्भिर प्राविधिक समस्या देखिएको छ । आज सोमबार दिउँसो ३ः४८ बजेबाट कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो ।

सेवा अवरुद्ध हुँदा एनसेलका लाखौ ग्राहक मर्कामा परेका छन् । एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखि रहेको छ ।

पछिल्लो समय एनसेलका सेवाहरु थोत्रो रहेको भन्दै सेवाग्राहीहरु असन्तुष्ट हुँदै आइरहेका छन् । बेला बेला आइरहने समस्याका कारण कम्पनीको सिम युजरहरु समेत घट्दै गएको देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*