अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई काठमाडौँ महानगरको दुई दिने अल्टिमेटम
२८ श्रावण २०८१, सोमबार १५:३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन चाँदबाग स्कुललाई निर्देशन दिएको छ । महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै खाली गर्ने भनेको हो ।
सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । तर, ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।