रिलायबल नेपाल लाइफको ‘क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स २०८१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट एजेन्सी सम्मानित

२८ श्रावण २०८१, सोमबार १४:००

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स २०८१’ भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा यही साउन २५ देखि २७ गतेसम्म सञ्चालन गरेर भव्य रुपमा सम्पन्न गरेको हो ।

कार्यक्रममा देशैभरिका अभिकर्ताहरुमध्येबाट विभिन्न बिधामा उत्कृष्ट व्यवसाय गर्न सफल भएका एजेन्सीहरु, सञ्चालक समितिका अध्यक्ष लगायतका कर्मचारीहरुको सहभागिता रहेको कम्पनीका सूचना अधिकारी दिपेश बाबु तिवारीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहानी उत्कृष्ट एजेन्सीहरुलाई बधाइ ज्ञापन गर्नुका साथै कम्पनीको आगामी योजनाबारे उपस्थित सम्पूर्णलाई जानकारी गराए ।

साथै, सञ्चालक समिति अध्यक्ष उदय नेपाली श्रेष्ठले बीमा अभिकर्ताहरु भनेका बीमा क्षेत्रका मेरुदण्ड हुन भन्दै उत्कृष्ट एजेन्सीहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । उनले आउँदो दिन अझ सशक्त रुपले कम्पनीको व्यवसाय वृद्धिमा अभिकर्तालाई लागि पर्न आग्रह गर्दै अभिकर्ताहरुको तालिम तथा विभिन्न कार्यक्रममा समेत कम्पनीलाई जोड दिन अनुरोध गरेका छन् ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा व्यक्तिगत कोड, टिम कोड र सर्वाधिक बीमा पोलिसी बिक्री गर्न सफल एजेन्सीहरुलाई हौसला प्रदान गर्नुका साथै सम्मान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*