प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने

२९ श्रावण २०८१, मंगलवार ०६:१२

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित हकप्रद शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहमा पर्ने अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर जो–कोही व्यक्ति, संघसंस्था, कम्पनीहरूले खरीद गर्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

सो शेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको शंखमुल–नयाँबानेश्वर, विर्तामोड, हनुमानदास रोड, जनकपुरधाम, आदर्शनगर, हेटौंडा, नारायणगढ, न्यूरोड–पोखरा, मिलनचोक, बाग्लुङ्ग बजार, त्रिभुवन चोक, विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

बोलपत्र फाराम आज साउन २९ गतेदेखि भदौ ६ गते कार्यालय सयभित्र पेश गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।

One thought on “प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*