नबिल बैंकले ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, डाक्यो विशेष साधारणसभा
२८ श्रावण २०८१, सोमबार ११:२३
काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ १७ गते विशेष साधारणसभा डाकेको छ । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा डाकेको हो ।
सभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल गरिने बैंकले जनाएको छ ।