पुँजी बजारमा अब्बल युनिलिभर नेपालको नाफा करिब २ अर्ब नजिक, प्रतिशेयर आम्दानीमा उछाल

२८ श्रावण २०८१, सोमबार १०:४०

काठमाडौँ । पुँजी बजार अब्बल शेयर मूल्य रहेको युनिलिभर नेपाल लिमिटेडको वित्तीय अवस्था पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थि वर्षको तुलनामा ७.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशतले घटेर ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८ अर्ब ४८करोड ४ लाख रुपैयाँ रहेको थियो ।

युनिलिभरको कुल आम्दानी २.२३ प्रतिशतले घटेर ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ र कुल खर्च ५.८० प्रतिशत घटेर ६ अर्ब ६ करोड १३ लाख रुपैयाँ रहेको छ । यता, चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।

यसअवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५१ रुपैयाँ ९० पैसा बढेर २ हजार १४३ रुपैयाँ ५४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ। शेयर बजारमा कम्पनीको मुल्य प्रतिकित्ता ५० हजार रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*