२२ प्रतिशतले बढ्यो साना किसान विकास लघुवित्तको नाफा, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

२८ श्रावण २०८१, सोमबार १०:२७

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि तुलनामा कम्पनीले ७७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पीको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत बढेर २ अर्ब १९ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको सञ्चालन मुनाफा २०.३९ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६६ लाख रुपयाँ पुगेको छ । यसअवधिमा कम्पनीको चुक्ता पूँजी े ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ, निक्षेप तथा सापटी २२ अर्ब ९८ करोड रुपैयाँ र कर्जा लगानी ३८ अर्ब १२ करोड रुपैयाँ गरेको छ।

समीक्षा अवधिमा कम्पनीकोको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर २.१८ प्रतिशत र इम्पेरमेन्ट चार्ज १७ करोड ८८ लाख रुपैयाँबाट बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा रहेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३४.२२ गुणा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*