स्वावलम्बन लघुवित्तको नाफासँगै ईपीएस वृद्धि, खराब कर्जा घट्यो
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार गत वर्ष कम्पनीको खुद नाफा १०१.६६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २६ करोड ६८ लाख ८५ हजार रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ५३ करोड ८२ लाख ९ हजार रुपैयाँ नाफा गर्न सफल भएको हो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी सामान्य २.६७ प्रतिशतले घटेर १ अर्ब ५१ करोड ६१ लाख १४ हजार रुपैयाँमा झरेको छ । यो अघिल्लो वर्ष १ अर्ब ५५ करोड ७६ लाख २८ हजार रुपैयाँ थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३.२९ प्रतिशतले घटेर १ अर्ब ८७ करोड ८८ लाख ७२ हजार रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष १ अर्ब ९४ करोड २८ लाख १६ हजार रुपैयाँ थियो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज ७३.२६ प्रतिशतले घटेर ९ करोड ४३ लाख रुपैयाँमा झरेको छ । यससँगै कम्पनीको सञ्चालन मुनाफा ५५.८३ प्रतिशतले बढेर ७८ करोड ८७ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो मुनाफा ५० करोड ६१ लाख ५७ हजार रुपैयाँ थियो ।
कम्पनीको खुद फी तथा कमिसन आम्दानी ६.५३ प्रतिशतले घटेर ३५ करोड ९९ लाख ९३ हजार रुपैयाँ कायम हुँदा खुद सञ्चालन आम्दानी भने १२.२३ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ४५ लाख ६९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ४८ करोड ४८ हजार रुपैयाँ छ ।
गत वर्ष कम्पनीको ईपीएस २२.७० रुपैयाँबाट बढेर ३७.१२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २४९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.३२ गुणा र तरलता अनुपात ६.१६० प्रतिशत छ । कम्पनीको खराब कर्जा पनि ८.६६ प्रतिशतबाट घटेर ७.९२ प्रतिशतमा झरेको छ ।
गत वर्ष कम्पनीको चुक्ता पूँजी १२.३६ प्रतिशतले बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङमा ४८ करोड ४८ हजार रुपैयाँ र शेयर प्रिमियम ८ लाख ६८ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भको आकार ९.१७ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ७७ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा ८.६८ प्रतिशतले बढेर १९ अर्ब ७२ करोड ५१ लाख ८१ हजार रुपैयाँ र निक्षेप संकलन ९.८४ प्रतिशतले बढेर १४ अर्ब ६ करोड ५६ लाख २७ हजार रुपैयाँ पुगकोे छ ।