स्वरोजगार लघुवित्तको वित्तीय विवरणमा उल्लेख्य प्रगति, नाफासहित ईपीएस वृद्धि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षमा ७३.७५ प्रतिशतले खुद नाफा वृद्धि भएको छ । गत वर्ष कम्पनीले १३ करोड २५ लाख ३८ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ करोड ६२ लाख ८१ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १७.६० प्रतिशतले बढेर ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३६ करोड ५२ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ४.९८ प्रतिशतले बढेर ५ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगको छ भने वितरणयोग्य नाफ ८ करोड ८३ लाख ११ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी २२.९७ प्रतिशतले बढेर ५३ करोड ३१ लाख ४० हजार रुपैयाँ पुगेको छ । यससँगै सञ्चालन नाफा १४०.२६ प्रतिशतले बढेर १५ करोड ८३ लाख ३५ हजार रुपैयाँ पुगको छ । जुन अघिल्लो वर्ष ६ करोड ५९ लाख रुपैयाँ मात्रै थियो ।
गत वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी पनि २५.६३ प्रतिशतले बढेर ४७ करोड ४४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३७ करोड ७६ लाख ७८ हजार रुपैयाँ थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १२.१६ रुपैयाँबाट बढेर १९.७५ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १५४.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.०९ गुणा र तरलता अुनपात १४.५९ प्रतिशत छ । कम्पनीको खराब कर्जा भने ४.७५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको छ ।
६७ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ८ करोड ८३ लाख ११ हजार रुपैइाँ छ भने रिजर्भको आकार १३.५३ प्रतिशतले बढेर ४७ करोड ४४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा २३.८५ प्रतिशतले बढेर ८ अर्ब ७ करोड १३ लाख ९७ हजार रुपैयाँ र निक्षेप संकलन ११.९५ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ३५ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।