गणपति लघुवित्तको ब्याज आम्दानी १६ प्रतिशतले बृद्धि, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफासहितका प्रमुख वित्तीय विवरणहरुमा भारी गिरावट आएको छ ।
कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको खुद नाफा, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९९ लाख रुपैयाँ धनात्मक भएको छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा खुद ब्याज आम्दानीबाट ११ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले गत आवमा १३ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको ब्याज आम्दानी १५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।
असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा १ दशमलव ४६ प्रतिशतले बढेर १४ करोड १६ लाख रुपैयाँबाट १३ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ । त्यस्तै, कम्पनीले यस अवधिमा खराब कर्जा ८.११ प्रतिशतबाट घटाएर ४.७९ प्रतिशतमा झारेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १११.५९ गुणा रहेको छ