नेपाल पुनर्बीमा र हिमालयन रि को कुन क्षेत्रमा कति लगानी ? (तथ्याङ्क सहित)

२७ श्रावण २०८१, आईतवार १९:४९

काठमाडौं । नेपालमा संचालनमा रहेका दुई पुनर्बीमा कम्पनीले बैंकको मुद्वती देखि विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपालको पहिलो पुनर्बीमा एवं सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड र निजि क्षेत्र हिमालयन रिइन्स्योरेन्स कम्पनीले १७ अर्ब ७७ करोड रुपैयाँ बैंक तथा वित्तिय संस्था सहित विभिन्न क्षेत्रमा लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

बीमा कम्पनीहरुले झै पुनर्बीमा कम्पनीहरुको लगानी पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नै केन्द्रित रहेको पाइएको छ।

दुई पुनर्बीमा कम्पनीहरूले ८१.८२ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेको नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।कम्पनीहरूले ३१ अर्ब ३६ करोड रुपैयाँ वाणिज्य, विकास, फाइनान्स कम्पनी र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।

नेपाल पुनर्बीमाले कुल लगानीको ८५.६८ प्रतिशत अर्थात १७ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको हो ।

हिमालयन रिले आफ्नो कुल लगानीको ७७.३१ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ ।
कम्पनीहरूले बाँकी लगानी सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड डिबेन्चर र ऋणपत्रमा गरेका छन् ।

यसका साथै सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्र, नागरिक लागानी कोष र म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयर, अन्य संस्थापक सेयर, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयर लगायत क्षेत्रमा यी कम्पनीले लगानी गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*