क्यान्सर निम्त्याउने कोका–कोलाद्वारा खुम्चिदै गएको व्यापार बढाउन छुट योजना, उपभोक्ता ठग्ने कोशिस
काठमाडौँ । बजार पाउनै छोडेपछि कोका–कोलाले व्यापारका लागि नयाँ रणनीति लिन थालेको छ । पछिल्लो समय कम्पनीको व्यापार निरन्तर खुम्चिन थालेपछि नयाँ–नयाँ योजना ल्याएर कोका–कोला बिक्री योजना बनाइरहेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोका–कोला, इनर्जी ड्रिङ्क्सलगायतमा प्रयोग हुने गुलियोले क्यान्सर हुने चेतावनी दिएसँगै नेपालसहित विश्व बजारमा नै कोका–कोलाको व्यापार ओरालो लागेको छ । डब्ल्यूएचओले कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गरिने आर्टिफिसियल स्विट्नर एस्पाट्र्मले क्यान्सरको जोखिम बढाउने चेतावनी दिएको थियो । एस्पाट्र्म कोका–कोला, डाइट सोडा, मार्स एक्स्ट्रा चुइगम र केही अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गर्ने गरिन्छ ।
अध्ययनले एक व्यक्तिले यस्तो पदार्थ कति उपभोग गर्दा सुरक्षित हुन्छ भन्ने कुरालाई ध्यान नदिएको बताइएको छ । १९८१ देखि, संयुक्त डब्ल्यूएचओ र खाद्य तथा कृषि संगठनको खाद्यसम्बन्धी विशेषज्ञ समितिले एस्पाट्र्मको दैनिक उपभोग एउटा सीमाभित्र गर्न सुरक्षित रहेको जनाउँदै आएको थियो । उदाहरणका लागि, ६० किलो (१३२ पाउन्ड) तौल भएको वयस्कले हरेक दिन १२ देखि ३६ क्यान डाइट सोडा पिउन सक्छन् । त्योभन्दा बढी पेयपदार्थमा एस्पाट्र्मको मात्रामा जोखिम निर्भर गर्छ । जुन कुराले अमेरिका र युरोप देशहरुका कोका–कोलाको व्यापार ओरालो लागि रहेको छ ।
सोहि प्रभाव अहिले नेपालमा समेत पर्ने गरेको छ । जसले गर्दा कोका–कोलाको नेपाली बजार धोस्त हुँदै गइरहेको हो । तर, व्यापार हुन छोडेपछि कम्पनी भने विभिन्न छुट योजना ल्याएर उपभोक्ता ठग्ने कोशिस गरी रहेको छ । कम्पनीले ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले १९९ रुपैयाँ कोछुटको व्यवस्था रहेको छ । २.२५ लिटरको प्याक भने मात्र २५० रुपैयाँमा खरिद गर्न सकिनेछ जसको खास मूल्य २७० छ ।