२४ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कतिले बढ्यो ?  

२७ श्रावण २०८१, आईतवार १६:४८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार भारी अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ९४ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार हालसम्मकै उच्च २५ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । यो सँगै बीमा क्षेत्रका २४ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।

आइतबार जीवन बीमा उपसूचक ६०५।०४ अंकले बढेर १३९४३।३३ को बिन्दुमा कायम भएको छ । यस इन्डेक्समा कारोबार भएका सबै कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।

एलआइसी नेपालको शेयरमूल्य ९।४१ प्रतिशतले बढेर १८६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ८।०४ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्यारेन्सको ७।५८ प्रतिशतले शेयरमूल्य बढेको छ ।

त्यस्तै, नन लाइफ इन्डेक्स पनि आज ४६२।५१ अंकले बढेर १३८५७।४९ को बिन्दुमा कायम भएको छ । यस इन्डेक्समा कारोबार भएका कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स ९सलिको० को ६।५७ प्रतिशतले सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य आज ८९० रुपैयाँमा कारोबार भएको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५।५८ प्रतिशतले बढेर ७७६ रुपैयाँमा कारोबार भएको छ  । त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ५।१४ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ४।८६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

त्यस्तै, आज नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*