२२८ कम्पनीको शेयरमा हरियाली छायो, १७ वटामा सकारात्मक सर्किट

२७ श्रावण २०८१, आईतवार १५:०९

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार भारी अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ९४ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार हालसम्मकै उच्च २५ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । यो सँगै २२८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखु खोला हाइड्रोपावरसहित १७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*