भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँमा

२७ श्रावण २०८१, आईतवार १४:४८

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आएका छन् । उनी दुईदिने भ्रमणका लागि आज (साउन २७ गते) काठमाडौं आइपुगेका हुन् ।

मीश्रीको स्वागतमा परराष्ट्र सचिव सेवा लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*