नयाँ नोट छपाइका लागि धमाधम टेन्डर, गभर्नर अधिकारीलाई हस्ताक्षरको लोभ
काठामाडौं । नेपाल राष्ट्र बैंकका नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ। राष्ट्र बैंकले ५, १० र १०० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो। गभर्नर महाप्रसाद अधिकारीको यो बर्ष नै अन्तिम बर्ष रहेको कारण यो काममा उनले हतार देखाएका छन् ।
अधिकारीले आफ्नो कार्यकालमा नोटसहित सिक्काको टेन्डर पनि गरेका छन्। आफनो कार्यकालमा गभर्नर अधिकारीले हस्ताक्षरमा छापिने यी नोट छपाइका लागि टेन्डरमा हतार गरिएको बुझिएको छ।
राष्ट्र बैंकले ३५ करोड थान पाँच रुपैयाँका नोट छपाइका लागि अप्रिल १९, २०४ मा टेन्डर आह्वान गरेको थियो। त्यस्तै १० रुपैयाँ दरका ३४ करोड थान नोट र १०० रूपैयाँका ३० करोड थान नोट छपाइका लागि यही साता टेन्डर भएको छ।
आगामी चैतमा पदावधि सकिने अधिकारीले यसअघि पनि नयाँ नोट छपाइको टेन्डर गरिसकेका थिए। ५०, २० र १००० रुपैयाँका नयाँ नोट छपाइका लागि टेन्डर भएको थियो। पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए।
तर पछिल्लो समय भने भारतीय र चिनियाँ कम्पनीले यस्तो टेन्डर जित्दै आएका छन्। यसअघि भएको टेन्डरमा २० रुपैयाँको नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको थियो। त्यस्तै यही महिनामात्र चिनियाँ कम्पनीले विभिन्न दरका नोट छाप्ने जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ।