५ वर्षभन्दा पुरानो लाभांश लिन आईसीएफसी फाइनान्सको आग्रह

२७ श्रावण २०८१, आईतवार १२:२४

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २०७५ असोज ९ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश लिन शेयरधनीहरूलाई आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७४।७५ को लाभांश हालसम्म पनि कतिपय शेयधनीले नलिएपछि १ महिनाभित्र शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन भनिएको हो । सो अवधिमा पनि लाभांश नलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*