तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ समाप्त

२८ श्रावण २०८१, सोमबार ०६:१२

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ अवधि साउन २७ गतेबाट समाप्त भएको छ । कम्पनीको संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ४ लाख कित्ता र कर्मचारीतर्फको १६ हजार कित्ता शेयरको लक इन समाप्त भएको हो ।

लक इन अवधि समाप्त भएको शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने खरीदबिक्री गर्न पाउने छैनन् ।

कम्पनीले २०७८ साउन ५ गतेदेखि १९ गतेसम्म स्थानीय बासिन्दाका लागि र भदौ ९ गतेदेखि १३ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्काशन गरी भदौ २५ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लक इन रहने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*