फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द कार्की नियुक्त
२७ श्रावण २०८१, आईतवार ११:१८
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मुकुन्द कार्की नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको साउन २६ गते शनीबार बिहान ९ः३० मा बसेको बैठकको निर्णयले कुमारी बैंकको तर्फबाट प्रतिनिधिन्व गर्ने कार्कीलाई सञ्चालकमा नियुक्त गरेको हो ।