एशियन हाइड्रोपावरको नाफा ऋणात्मक, खस्किए अधिकांश सूचक
काठमाडौँ । एशियन हाइड्रोपावर लिमिटेडको व्यापार निरन्तर खुम्चिदै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विववरण अुनसार कम्पनीका अधिकांश सुचक ओरालो लागेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८७ लाखबाट घटेर १३ करोड ५ लाख रुपैयाँ कायम भएको छ । साथै, वित्तीय खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँ र जगेडा कोष १ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ९५ पैसा रहेको छ।