मैलुङ खोला जलविद्युतको २९ लाख ५९ हजार कित्ता शेयरको ‘लक इन’ समाप्त
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता शेयरको ‘लक इन’ अवधि साउन २६ गतेबाट समाप्त भएको छ । संस्थापकतर्फको २५ लाख ७७ हजार कित्ता, स्थानीय बासिन्दातर्फको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीतर्फको १४ हजार ७२६ कित्ता शेयरको लक इन समाप्त भएको हो ।
कम्पनीले २०७४ जेठ १७ गतेदेखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साउन १४ गतेदेखि १९ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्काशन गरी साउन २६ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा रहने व्यवस्था छ।
लक इन अवधि समाप्त भएसँगै संस्थापक, स्थानीय र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।