उपकार लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

२६ श्रावण २०८१, शनिबार १९:०४

काठमाडौं । उपकार लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१।४१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ३६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ८२ लाखबाट बढेर १३ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि संस्थाको नाफा घटेको देखिएको छ । यसको राइट ब्याक रकम कम हुँदा नाफा घटेको हो । अघिल्लो वर्ष संस्थाले १ करोड ६७ लाख रुपैयाँ राइट ब्याक गरेको थियो । गत वर्ष ९० लाख मात्र राइट ब्याक गरेको छ ।

चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको उपकारको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ जम्मा रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी २३।७५ रुपैयाँ रहेको छ । एनपीएल २।१३ प्रतिशत कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*