नेरुडे मिर्मिरे लघुवित्तको चौथौ त्रैमासमा वित्तिय अवस्था कस्तो देखियो ?

२६ श्रावण २०८१, शनिबार १७:४४

काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा गाभिएर बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी १ करोड २९ लाख रुपैयाँ रहेको छ। खराब कर्जा ६।६० प्रतिशत रहेको यस लघुवित्तको इम्पेरमेन्ट चार्ज ५५ लाख १४ हजार रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात ११।५३ गुणा रहेको छ।

१ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग ५ करोड २९ लाख रुपैयाँ रहेको छ भने जगेडा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*