नियमअनुसार वक्यौता मागेका हौ, जसरी पनि उद्योगहरुले तिर्नुपर्छ: कुलमान घिसिङ

२५ श्रावण २०८१, शुक्रबार १५:२३

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले नियमअनुसार नै डेडिकेटेड ट्रङ्क लाईन प्रयोगकर्ता उद्योगीहरुलाई विल काटिएको बताएका छन् । शुक्रबार आयोजित पक्रकार सम्मेलनमा उनले उद्योगीहरुले आफूले प्रयोग गरेको विद्युतको नर्मल चार्ज तिरिरहेको अवस्थामा प्राधिकरणले डेडिकेटेड ट्रङ्क लाईन प्रयोग गरेवापत प्रिमियम थपेर विल गरिएको बताएका हुन् ।

उद्योगी व्यवसायीहरुले प्रयोग गरेको विद्युतको प्रमाण प्राधिकरणसँग छैन भनी यदाकदा आएको स्मरण गराउँदै उनले प्राधिकरणसँग सबै प्रमाण रहेको र उक्त प्रमाण २०औं वर्षसम्म सफ्टवेयरमा सुरक्षित रहने बताए । ‘विद्युत प्राधिकरणले उद्योगी साथीहरुलाई छुट विल जारी गरको छ । त्यो हाम्रो नियम, कानुन, विनियम, नियमअनुसार हामीसँग भएको प्रमाणलाई राखेर उहाँहरुलाई छुट विल जारी गरेको हो । छु्ट विल जारी गरिसकेपछि विभिन्न निकायमा त्यो छलफल भएको छ । तपाईँहरुलाई पनि हामी एउटा विल जारी गर्छौं, त्यो सानो चिट हुन्छ । त्यो चिटअनुसार तपाईँहरुले विल भुक्तानी गर्नुहुन्छ । हामीले उद्योगी साथीहरुलाई दिएको विल भनेको रेगुलर विल जुन हाम्रो एमपावरदेखि लिएर सबै सफ्टवेयरमा छ, त्यो उर्जाको खपतको सबै प्रमाण हामीसँग छ ।’ उनले भने, ‘हामीले विल काटेको भनेको डेडिकेटेडको प्रिमियम शुल्क थपेर त्यही इनर्जीमा विल काटेको हो । थप इनर्जी जेनेरेट गरेर विल काटेको होईन । इनर्जी त्यही हो । २०७२ साल साउनमा कुनै उद्योगले १ हजार युनिट खपत गरेको छ भने उहाँले नर्मल चार्ज तिर्नुभएको थियो । यही १ हजार युनिटमा हामीले थप डेडिकेटेड चार्ज लगाएको हो । त्यसको प्रमाण हामीसँग २०औं वर्ष डाटा रहन्छ । त्यहीअनुसार गरेका हौं ।’

साथै, अदालतले समेत प्राधिकरणले गरेको विल ठीक छ भनेर उद्योगी व्यवसायीहरुले हालेको ९० वटा मुद्दा खारेज गरिसकेको उनले बताए । प्राधिकरणले समेत यस विषयमा सम्बन्धित निकायमा प्रमाणहरु पठाएको र आवश्यक परेको ठाउँमा आफैं गएर बयान दिएको पनि उनले बताए । साथै, उनले प्राधिकरणको आर्थिक अवस्था सुदृढ रहेको बताए । इक्रा नेपालको रेटिङले प्राधिकरणलाई अझ बढी धेरै लगानी गर्न सक्ने क्षमता भएको योग्य भनी रेटिङ गरेको उनले सुनाए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*