सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा
२५ श्रावण २०८१, शुक्रबार १२:४४
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा भएको छ ।
क्यापिटलको बिहीवार बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो ।
सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५ प्रतिशत नगद लाभांश (कर सहित) र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेका हुन् ।