प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्न एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागको हो ।
बिहीवार प्रोटेक्टिभ माइक्रोको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश कुमार रोका र एनआइएमबि एसको तर्फबाट महाप्रवन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरी बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।
प्रोटेक्टिभ माइक्रो २०७९ पुष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमित प्राप्त लघु निर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले हालसम्म २९ वटा कार्यालय मार्फत् लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आइरहेको छ ।