नागरिक लगानी कोषको नाफा एक अर्ब १० करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

२५ श्रावण २०८१, शुक्रबार १०:३७

काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार नाफा अर्ब क्लबमा रहेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले एक अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष सोहि अवधिमा कम्पनीले एक अर्ब अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको १२ महिनामा कम्पनीको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेर ४४ करोड २५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३७ करोढ एक लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशतले बढेर एक अर्ब ४१ करोड १२ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको कुल आम्दानी ५.२५ प्रतिशत बढेर एक अर्ब ९२ करोड रुपैयाँ र कुल खर्च २.७२ प्रतिशत बढेर ४५ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी पाँच अर्ब ३१ करोड रुपैयाँ र जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी दुई रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*