प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको शेयर बिक्रीमा

२५ श्रावण २०८१, शुक्रबार १०:०४

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी रम्भा पाण्डेको नामको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । यदी ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा बैंकले सर्वसाधारणले मात्रै खरीद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याउनेछ ।

सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

One thought on “प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको शेयर बिक्रीमा

  1. Phool badan baniya says:

    I want to buy about 2000 kitta instant.From where I will able to do the process

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*