समता घरेलु लघुवित्तको २० हजार कित्ता शेयर बिक्रीमा
२५ श्रावण २०८१, शुक्रबार ०८:५१
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । ३५ दिनभित्र पनि शेयरधनीबाट खरीदका लागि आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिनेछ ।
उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ ।