नेशनल लघुवित्तको नाफा ५७% वृद्धि, ईपीएस कति?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ३४ करोड ९ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५७.८९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ७५.५६ प्रतिशतले बढेर १ अर्ब १५ करोड ८६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । जुन अघिल्लो वर्ष ६५ करोड ९९ लाख ७८ हजार रुपैयाँ थियो ।
कम्पनीको इम्पेयरमेन्ट जार्च ८७ लाख ५० हजार रुपैयाँबाट बढेर २२ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुगको छ । कम्पनीले गत वर्ष ४७ करोड १६ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन अघिल्लो वर्षको ३१ करोड ५ लाख ८३ हजार रुपैयाँको तुलनामा ५१.८९ प्रतिशत धेरै हो ।
गत वर्ष कम्पनीको खुद सञ्चालन आम्दानी ६०.५० प्रतिशतले बढेर १ अर्ब १८ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ७४ करोड ८ लाख ९६ हजार रुपैयाँ मात्रै थियो । कम्पनीको वितरणयोग्य नाफा भने ७.५१ प्रतिशतले घटेर २८ करोड ११ लाख १२ हजार रुपैयाँमा झरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९२ पैसाबाट बढेर २९ रुपैयाँ २५ पैसा पुगको छ भने खराब कर्जा ०.२८ प्रतिशतले घटेर ३.२५ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ९ पैसा छ ।
चुक्ता पूँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीको गत वर्ष ग्राहकमा प्रवाह गर्ने कर्जा २३.१८ प्रतिशते बढेर २० अर्ब ६३ करोड ७४ लाख ७१ हजार रुपैयाँ पुगको छ भने निक्षेप संकलन १५.९४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ५१ लाख ३३ हजार रुपैयाँ पुगको छ ।