पुँजीबजारमा उथलपुथलः नियामक मन्द निद्रामा, सांसदको सुझावमा किन शेयर मूल्य प्रभावित ?

काठमाडौँ । पछिल्लो केहि दिन यता पुँजी बजारमा उथलपुथल भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलको आगमनपछि बजारमा आएको रफ्त्तारले शेयर बजारका लगानीकर्ता मख्ख छन् । परिसूचक र कारोबार रकमले समेत निरन्तर उचाई कायम गर्दै आइरहेको छ । यसै साता कारोबार रकमले नयाँ रेकर्ड समेत बनाएको । यो उत्साह बाहिरबाट हेर्दा असाध्यै राम्रो, ऐतिहासिक र नेपाली पुँजि बजारमा आएको एतिहासिक परिवर्तन हो । बजारिया हल्लाले पछिल्लो केहि दिन यता शेयर बजारलाई धक्का दिइरहेको छ । अप्रत्याशित उतारचढावका कारण शेयरको दोस्रो बजारमा लगानीकर्ता स्थिर हुन सकेका छैनन् । नेपालमा शेयरबजारको प्रकृति हेर्दा बजार कति बेला के हुन्छ कुनै भर हुँदैन । स–साना कुराले नेपाली शेयर बजारलाई प्रभावित गर्ने गरेको छ । शेयरबजारलाई वैज्ञानिक रूपमा बुझ्नेहरू भन्दा नबुझ्नेहरूको बाहुल्य बढी देखिन्छ । कुनै कम्पनीको वासलात, नाफानोक्सान, प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा र कम्पनीको भावि योजना प्राविधिक र वैज्ञानिक पक्षको अध्ययन गरेर लगानी गर्नेहरू बढी घाटामा गएका छन् । मार्केटमा कम्पनीको नेटवर्थ हेरेर लगानी गर्ने हो तर नेपाली शेयर बजार जो कम्पनीको वित्तीय अवस्था नाजुक छ त्यहि कम्पनीले सकारात्मक सर्किट हानेको देखिन्छ । नेपालको शेयरबजार अवैज्ञानिक रूपमा मूल्यमा उथलपुथल भइरहेको छ । यस्तो प्रकृतिको घटबढले लगानीकर्ताको अर्बौं रुपैयाँ शेयरमा डुब्ने सम्भावना उतिकै प्रबल हुन्छ । वित्तीय सूचक नै धरापमा रहेका कम्पनीका भरिएको हावा एकदिन झुट्ने … Continue reading पुँजीबजारमा उथलपुथलः नियामक मन्द निद्रामा, सांसदको सुझावमा किन शेयर मूल्य प्रभावित ?