प्राधिकरणले लेखा समितिमा बुझायो टीओडी मिटरको ५० हजार पाना विवरण

२४ श्रावण २०८१, बिहीबार १९:२३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा सिमितिमा बुझाएको छ ।

लेखा सिमितिले उद्योगले बिजुली प्रयोग प्रमाण मागेपछि प्राधिकरणले टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।

डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे विवाद उत्कर्षमा पुगेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक मागेको थियो । लेखा समितिले प्राधिकरणलाई टीओडी मिटरको विवरण पेस गर्न पाँच दिनको समय दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*