एनआइसी एशिया लघुवित्तका सदस्यले पाए बीमा दावी रकम
२४ श्रावण २०८१, बिहीबार १७:३५
काठमाडौं । एनआइसी एशिया लघुवित्तले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय गौरकी सदस्य मीना देबीको श्रीमानको मृत्यु वाफत बीमा रकम हस्तान्तरण गरिएको हो ।
कम्पनीको मधेश प्रदेश कार्यालयका प्रदेश प्रमुख अरबिन्द कुमार कुशवाहा र शाखा कार्यालय गौरका शाखा प्रबन्धक त्रिबिक्रम राज चौधरीले बीमा रकम उनकी श्रीमती मीना देबीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।