सामान्य अंकले बढ्यो नेप्से, २० अर्बको कारोबार

२४ श्रावण २०८१, बिहीबार १५:१३

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको हो ।

६ उपसूचकमा वृद्धि
बिहीवार ६ वटा उपसूचकमा हरियाली देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट, हाइड्रोपावर, ट्रेडिङ, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बढेको हो । बाँकी अन्य उपसूचक भने घटेका छन् ।

७९ कम्पनीको शेयरमूल्यमा हरियाली, ७ कम्पनीमा सर्किट
यस दिन नेप्सेमा सूचीकृत ७९ वटा कम्पनीको शेयरमूल्य बढेको छ । जसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल, सर्वाेत्तम सिमेन्ट र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।

यसका अतिरिक्त विशाल बजार कम्पनीको ९.४९, मन्दाकिनी हाइड्रोपावरको ९.३० र निफ्राको ८.६६ प्रतिशतले शेयरमूलय बढेको छ ।

१५९ कम्पनीको शेयरमूल्यमा गिरावट
नेप्से बढेतापनि १५९ सूचीकृत कम्पनीहरूको शेयरमूल्य घटेको छ । जसमा एनआरएन इन्फ्रान्सट्रक्चर, १०% सानिमा बैंक डिबेन्चर, आरम्भ चौतारी लघुवित्त, रुरु जलविद्युत, हाथवे, शुभम पावर, लक्ष्मी लघुवित्त, गुर्खाज फाइनान्स, जानकी फाइनान्स र साम्लिङ पावरको सर्वाधिक घटेको छ ।

शिवम् सिमेन्ट लगायत यी १० कम्पनीको सर्वाधिक कारोबार
बिहीवार नेप्सेमा शिवम सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस दिन कम्पनीको १ अर्ब २० करोड ९० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको हो । दोस्रोमा हिमालयन रिको १ अर्ब ७ करोड ६२ लाख रुपैयाँमाथि कारोबार भएको छ ।

निफ्राको ९२ करोड ४६ लाख, सोनापुर मिनरल्स एण्ड आयलको ४५ करोड ८७ लाख, सानिमा माई हाइड्रोपावरको ४२ करोड ५३ लाख, नेपाल फाइनान्सको ३९ करोड ५२ लाख एचआईडीसीएलको ३८ करोड ८५ लाख, अपि पावरको ३६ करोड २१ लाख, अरुण भ्यालीको ३४ करोड ९५ लाख र ङादी ग्रूपको ३३ करोड ६९ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*