भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइँने
काठमाडौं । आउँदो भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइँदैछ । राष्ट्रिय सूचना आयोगले एक विज्ञप्ति जारी गर्दै भदौ ३ गते १८औं राष्ट्रिय सूचना दिवस मनाउन आह्वान गरेको छ ।
नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको छ । नागरिकले आफ्नो र सार्वजनिक सरोकारको कुनै विषयमा सूचना माग्ने र पाउने हकलाई व्यवस्थित गर्न तत्कालीन व्यवस्थापिका संसदरले सूचनाको हकसम्बन्धी ऐन, २०६४ पारित गरी २०६४ साल साउन ५ गते प्रमाणीकरण गरेको थियो । उक्त ऐन प्रमाणीकरण भएको ३०औं दिनमा प्रारम्भ हुने व्यवस्था बमोजिम भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सोही कानून कार्यान्वयनमा आएको दिनलाई नै राष्ट्रिय सूचना दिवसका रूपमा विभिन्न कार्यक्रको आयोजना गरी मनाउने गरिएको छ ।
राष्ट्रिय सूचना आयोगले भदौ ३ गते विशेष समारोहको आयोजना गर्ने जनाएको छ । ‘नेपाली नागरिकलाई प्राप्त यस संवैधानिक र कानूनी अधिकारका लागि योगदान पु¥याएका सार्वजनिक निकाय, संघसंस्था, सञ्चारमाध्यम तथा नागरिक समाजले पनि यस दिवसका अवसरमा कार्यक्रम आयोजना गरी नागरिकलाई सूचनाको हक प्रयोग गर्न गराउन सक्षम बनाउन यो आयोग सबैमा हार्दिक आव्हान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।