लाभांश वितरणका लागि लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड–२ को बुक क्लोजको मिति तय

२४ श्रावण २०८१, बिहीबार ०८:५५

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड–२ ले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेका छन् ।

दुबै म्युचुअल फण्डले गत आर्थिक वर्षको लाभांश वितरण प्रयोजनार्थ साउन ३१ गते बुक क्लोज गर्ने भएका हुन् । बुक क्लोजका आधारमा साउन ३० गतेसम्म कायम इकाईधनीहरूले लाभांश पाउनेछन् ।

यी दुबै फण्डको कोष प्रवर्ध्कमा लक्ष्मी सनराईज बैंक र योजना व्यवस्थापक लक्ष्पी सनराईज क्यापिटल लिमिटेड रहेको छ । लक्ष्मी उन्नती कोषले इकाईधनीलाई कर सहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले इकाईधनीलाई कर सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*