कामना सेवा विकास बैंकको एक लाख कित्ता शेयर बिक्रीमा
२४ श्रावण २०८१, बिहीबार ०७:३४
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नामको एक लाख ६ हजार ६३६ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । यदी ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिनेमा सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
शेयर किन्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।