सर्वाेत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको ‘लक इन’ भदौ २५ गते सकिँदै
२४ श्रावण २०८१, बिहीबार ०७:१९
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ २५ गतेपछि सकिने भएको छ ।
कम्पनीको हाल संस्थागततर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोषतर्फको १ लाख ५४ हजार २२७ कित्ता शेयर लक इनमा छ । नेपाल धितोपत्र बोर्डले शेयर बाँडफाँडको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने निर्देशन दिएपछि कम्पनीको शेयर लक इनमा रहेको थियो ।