अमेरिकी डलरको मूल्यले बिहीवार पनि बनायो रेकर्ड
२४ श्रावण २०८१, बिहीबार ०६:४२
काठमाडौं । अमेरिकी डलरको मूल्यले निरन्तर तेस्रो दिन अर्थात् बिहीवार पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज साउन २४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरीददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ । अघिल्लो दिन बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरीददर १३४ रुपैयाँ ३ पैसा थियो ।
आज एक युरोपियन युरोको खरीदमूल्य १४६ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य १४७ रुपैयाँ ५ पैसा छ । त्यस्तै एक कतारी रियालको खरीदभाउ ३६ रुपैयाँ ७६ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ९२ पैसा छ ।
राष्ट्र बैंकले आज एक यूएई दिराम खरीदका लागि ३६ रुपैयाँ ४९ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ । एक मलेसियन रिंगिटको खरीददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा छ ।