वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

२३ श्रावण २०८१, बुधबार १८:०७

काठमाडौँ । वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइबर सुरक्षा कम्पनी वन कभर र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजबीच बुधबार समझदारी भएको हो ।

उक्त सम्झौतामा वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टी कलेजको तर्फबाट यसको मातृ कम्पनीसमेत रहेको ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

लिबर्टी कलेज ग्लोबल कलेजको एक मात्र स्वामित्व र व्यवस्थापनमा रहेको छ । र, यसले पोखरा विश्वविद्यालयसँग सम्बद्ध बीसीएसआईटीबाट आईटी कार्यक्रम सुरु गरेको छ । यस संस्थागत सहकार्यको उद्देश्य कलेजमा साइबर सुरक्षा जागरूकता, शिक्षा, र घटनाको व्यवस्थापनलाई उल्लेखनीय रूपमा वृद्धि गर्नु भएको बताइएको छ । उक्त सहकार्यले लिबर्टी कलेज र विशेष गरी यसको विद्यार्थी समुदायका लागि सुरक्षित र जानकारीयुक्त डिजिटल वातावरण प्रदान गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*