प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत
२३ श्रावण २०८१, बुधबार १६:४६
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो।
कम्पनीको ४.७५ प्रतिशत बोनस बापत नेप्सेले ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।