नबिल बैंकको साढे २ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

२३ श्रावण २०८१, बुधबार १५:३८

काठमाडौँ । वाणिज्य बैंक मध्ये सबैभन्दा बढी शेयर मूल्य रहेको नबिल बैंकको आज साढे २ लाख कित्ता शेयर किनबेच भएको छ । आज कम्पनीको २ लाख ५१ हजार ४९ कित्ता शेयर किनबेच हुँदा १५ करोड ७६ लाख ९२ हजार ५८६ रुपैयाँको कारोबार भएको हो ।

यसदिन कम्पनीको शेयर समेत बढेको छ । कम्पनीको शेयर प्रतिकित्ता ६.५० रुपैयाँ अर्थात् १.०४ प्रतिशतले बढेर ६३१.५० रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*