२३९ कम्पनीको शेयरमूल्य बढ्दा १३ वटामा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
२३ श्रावण २०८१, बुधबार १५:१७
काठमाडौँ । कारोबार साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै २३९ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा १३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार बोटलर्स नेपाल (बालाजु), गूडविल फाइनान्स,समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रि इन्स्योरेन्स लगायतका कम्पाीहरुमा सकारात्मक सर्किट लागेको छ ।