पाकिस्तान सँधै जम्मु–कास्मिरी जनताको पक्षमा छ
काठमाडौं साउन २३, पाकिस्तानी दुतावासद्धारा जम्मु–कास्मिरको जनताले उठाउँदै आएको कदमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । र त्यहाँ भएको प्रतिरोधलाई उनीहरूको अधिकार हो भनिएको छ । उक्त कुरा दूतावासद्धारा प्रेस विज्ञप्ति प्रकाशित गरेर बताईएको हो ।
पाकिस्तानी परराष्ट्र मन्त्रालयको र काठमाडौंस्थित पाकिस्तानी दूतावासद्धारा अगष्ट ५ मा जारी गरेको विज्ञप्तिमा भारतले विश्वलाई जम्मु–कास्मिर आफ्नो भू–भाग हो भन्ने खालको गतिविधिहरु गर्न नछोडेको बताइएको छ । उक्त विषय कस्मिरी जनताले प्रतिरोध गरिरहेको विषय पति सम्मान गर्ने गरि पाकिस्तानको परराष्ट्र मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा जनाएको ।
प्रेस विज्ञप्ति प्रकाशित गरेर भावनात्मक, र्धािर्मक तथा सांस्कृतिक रुपमा त्यहाँको जनतालाई भारतले खलबल्याउने काम गरिरहेको समेत जनाएको छ । विज्ञप्तिमा मानव अधिकारवादी, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघीय एजेन्सीलाई समेत अनुरोध गर्दै पाकिस्तानका राष्ट्रपतिले भारतको उक्त कदम अन्तर्राष्ट्रिय कानून विपरित भएको जनाइएको उल्लेख छ ।
पाकिस्तानका राष्ट्रपतिले भारत र पाकिस्तानको बीचमा जारी असमझदारी अन्त्यका लागि अन्तर्राष्ट्रिय रुपमा पहल गरिदिन समेत आग्रह गर्दै भारतले फैलाईरहेको कुनै पनि गैरकानूनी अभियानहरु पाकिस्तान पहिले देखिदै असहमत रहँदै जनाएको छ । साथै पाकिस्तानका प्रधानमन्त्री मियान महमद एच शाहवाज शरिफले भारते विश्वलाई जम्मु–काश्मिर आफ्नो हो भनेर बुझाउने प्रयास गरिरहेको प्रति जम्मु–कास्मिरी जनतानै त्यसको हकदार रहेको पनि उल्लेख गरिएको छ । र जम्मु कास्मिरका जनताले त्यसको सशक्त प्रतिरोध गरेर दिइरहेको जवाफले पनि स्पष्ट पारेको बताईएको छ ।
भारतको गैरकानूनी घुसपैठ अभियान कार्य अन्तराष्ट्रिय कानून विपरित मान्दछ । र संयुक्त राष्ट्र संघको अभिसन्धी १९५१को धारा ९८ मा भन्दा कुनैपनि परिवर्तन गर्न सक्दैन । र जम्मु कास्मिरको जनताको सार्वभौम अधिकारको लागि पाकिस्तानले सदैव सहयोग प¥याईरहेको उल्लेख छ ।
राष्ट्र संघको अभिसन्धी १९५७ को धारा १२२ माबाट पाकिस्तान कुनै पनि हालतमा नफर्कने बताइएको छ । पाकिस्तान दूतवासका राजदुत अब्राज एच हास्मानीले पाकिस्तानले उठाएको विषयमा अन्तराष्ट्रिय समुदायलाई समेत जम्मु–कास्मिरी जनताको पक्षमा सहयोग पु¥याउन समेत आग्रह गरेको छ ।
‘उनले युम इस्तेसाल कार्यक्रम’को छलफलमा बताइएको हो । जम्मु कास्मिरको विषयमा भएको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय समुदाय, यूएन फोरा लगायत सम्बन्धित सरोकारवालाहरुको सहभागी रहेको समेत विज्ञप्तिमा जनाएको छ ।