कौडीका शेयर महंगो मूल्यमा सोझा लगानीकर्तालाई भिडाएर बाहिरिए ठूला माफिया, मै हुँ भन्ने लगानीकर्ताहरु हेरेको हेरै

२३ श्रावण २०८१, बुधबार १०:३४

काठमाडौं । नेपाली शेयर बजारको इतिहासमा हिजो ऐतिहासिक दिन हो । सबैभन्दा धेरै २३ अर्बमाथि एकै दिन कारोबार भएको दिनका कारण ऐतिहासिक रह्यो । तर, यो ऐतिहासिकताभित्र शेयर बजारका ठूला खेलाडी र बिचौलियाहरु एकैदिन अर्बौको शेयर बिक्री गरेर बाहिरिएका छन् ।

शेयर बजारलाई त्यसै जुवा भनिएको होइन । शेयर बजारका यस्तै माफिया, समुह, गुट, टिम आदि इत्यादीले कौडीका भाउमा बिक्री नभएका कम्पनीहरुको शेयर ठूलो मात्रामा किनेर होल्ड गर्ने अनि विभिन्न समुहका बीचमा किनबेच भएको देखाएर मूल्य आकाश छुवाउने अनि धेरै मूल्यमा पुगेपछि बिक्री गरेर बाहिरिने । फोहोरी भने पनि अनैतिक भनेपनि शेयर बजारको खेल नै यही हो । र, यो खेल नबुझ्ने सोझा लगानीकर्ताहरु अहिले पनि केही सांसद र पूर्वमन्त्रीले शेयर बजार घटाउन लागि परेको भन्दै चर्को आलोचलना गरिरहेको सुनिन्छ ।

तर, यथार्थ यस्तो होइन । यथार्थ त पछिल्लो दुई महिनामा आकाश छोएको र सानो संख्यामा शेयर भएका कम्पनीहरुको शेयर मूल्य कसरी बृद्धि भयो ? कम्पनीको अवस्था कस्तो छ ? त्यो हेरेर विश्लेषण गर्न सकिन्छ । हिजोको कारोबारबाट शेयर बजारमा करेक्सन आउने र आफ्नो धरातलमा फर्केने विश्वास गरिएको छ । यद्यपि अझै अवस्था अनिश्चित नै छ । एक पूर्व अर्थमन्त्री र अर्का एक सांसदले दिएको अभिव्यक्ति वास्तवमा शेयर बजार हल्लाउने र चलाउने खेलाडीहरुलाई तह लगाउनको लागि थियो ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा सोझा, मध्यमबर्गीय नेपालीहरुलाई फसाएर देशका ठुला व्यापारी, कम्पनी कब्जा गर्ने ठूलो सम्भावना देखेरै त्यसो भनेका थिए । आखिर सो कुरा हिजो पुष्टी हुन आएको छ । नेपाली शेयर बजारमा माफियाहले सधैं घटाउने एउटा प्रवृत्ति छ, त्यो कौडीका मूल्यका कम्पनीको शेयर बजार बढाएर आकाश पुर्याउने अनि पुरै बिक्री गरेर बाहिरिने । उक्त तत्वहरु आफू कहिल्यै पनि सञ्चालक वा अध्यक्ष बनेर जाँदैनन् । बाहिरबाटै सबै खेल सिध्याउँछन् । एउटा व्यक्तिले अर्बौ रुपैयाँको यस्तो खेल खेल्दा लाखौं सर्वसाधारण लगानीकर्ताहरुको सानो सानो रकम फस्न पुग्दछ । जसबाट ठूलो माफिया एक सातामै अर्बपति बन्ने र हजारौं लगानीकर्ताहरुले एकै पटक हजारौं रुपैयाँ वा लाखौं रुपैयाँ गुमाउने हुन्छ । नेपाली शेयर बजारमा फेरि यहीगलत प्रवृत्ति देखिएको छ । नियामक निकाय धितोपत्र बोर्डका कर्मचारी तथा उच्च तहका अधिकृतहरु आफै भ्रष्टाचारको दलदलमा भासिएकोले पुँजि बजारमा हुने यस्तो फोहोरी र सर्वसाधारण फस्ने खेलको छानविन गर्दै गर्दैछन् । रिलायन्स स्पिनिङ मिल्स, सर्वोत्तम सिमेन्ट, नागरिक दैनिक पत्रिका आदि सेबोनले आँखा चिम्लेका उदाहरण मात्रै हुन् ।

नियामकका कर्मचारीहरु समेतलाई सेटिङ गरिएको यस्तो फोहोरी खेलमा नेपालका ठूला व्यापारी, माफिया, राजनीतिक नेतृत्व समेतको संलग्नतामा यस्ता कार्यहरु हुने गर्दछन् ।

रोचक कुरा के छ भने जो यस्तो फोहोरी खेलमा सहभागी हुँदैनन्, दुई चार लाख देखि दुई चार करोडसम्म लगानी गरेका हुन्छन् । मैहुँ भन्दै सामाजिक सञ्जालमा आउँछन् । उनीहरु समेत नजानिदो पाराले माफियाकै पक्षपोषण गरिरहेका हुन्छन् । शेयर बजार बढ्नु मात्रै आर्थिक बृद्धि, राम्रो वा भव्य भन्ने बुझेका उनीहरुले माफियाले बढाएको, अप्राकृतिक तथा बेलुन फुलाएको हो वा कृत्तिम रुपमा बढेको हो भन्ने सम्मको जानकारी मै हूँ भन्दै सामाजिक सञ्जालमा आउनेहरुलाई पत्तो हुँदैन । जब बजारमा उत्तानो पर्छन् अनि वास्तविक कुरा गर्ने सांसद, मन्त्री मात्रै होइन, मिडियालाई समेत तथानाम गाली गलौज गर्ने गर्दर्छन् । नेपाली शेयर बजारको अहिले यो आम चरित्र बनेको छ । शेयर बजार बुझेकाले शेयर मूल्यमा कही कतैबाट प्रभावित हुनु हुँदैन र पूर्ण निष्पक्ष रुपमा शेयर बजारको मूल्य निर्धारण हुनुपर्दछ भनेर वकालत गर्छन् । शेयर बजार बढाऔं भनेर हल्ला गरेर बढाइएको अवस्था आफैले समेत स्वतः पुष्टि गर्दछ कि नेपाल शेयर बजार बेलुन हो ।

शेयर बजारमा सबैले किनौं, मूल्य बढाऔं मात्रै भनिरहेको देखिन्छ । यसबाट सोझा लगानीकर्ताहरु फस्न पुगेको अवस्थामा त्यसको जिम्मा कसले लिने ? सामाजिक सञ्जालमा हल्ला गर्ने हल्लाखोर लगानीकर्ता वा घुस सेटिङ बिक्री भएर जे पनि गर्न छुट दिने सेबोन वा अर्थमन्त्रालय ? अर्थमन्त्री विष्णु पौडेलले अब फस्ने सोझा लगानीकर्ताको जिम्मा लिन सक्छन् त ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*